काठमाडौं : पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन्। १४ किलो सुन प्रकरणमा पक्राउ परेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो।

१४ फागुनमा पक्राउ परेका गुरुङविरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड बिगो मागदाबी गर्दै शुक्रबार मुद्दा दर्ता गरेको थियो। दुबईबाट आएको १४ किलो सुन तस्करीमा उनको कनेक्सन देखिएको प्रहरीको दाबी छ।

 

Your Views
Related News