काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जनताको मागअनुसार बजेट वितरण हुनुपर्ने सुझाव दिएका छन्। सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै कांग्रेस सांसद भण्डारीले जनप्रतिनिधिको माग अनुसार नभइ जनताको आवश्यकताअनुसार बजेट ल्याउनुपर्ने सुझाव दिएका हुन्।

‘प्रत्येक वर्ष बजेट ल्याइन्छ। तर जनताको आवश्यकअनुसार आउँदैन,’उनले भने,’जनप्रतिनिधिले मागे अनुसार बजेट दिनुहुँदैन। ‘ कांग्रेस सांसद भण्डारीले बजेट छुट्याए पनि कामहरू समयमा नहुने गरेको भन्दै आपत्ती जनाए। नेता भण्डारीले बन्द भएका कलकारखाना तथा उद्योगहरू खुलाउनतिर सरकार गम्भीर नभएको बताए।

‘उद्योग धन्दाहरू छन्। तर नेपालमा उत्पादन हुँदैनन्। उत्पादन त जंकफुडहरू मात्रै हुन्छन्। सरकारले उद्योगमा मनिटर गर्दैन। नेपालका डाक्टरहरू भन्छन् जंकफुडको प्रयोग गरियो भने अबको १० वर्षमा जन्मिने बच्चाहरू १० वर्षको उमेरमा सुगर हुन्छन् भन्छन्,’उनले भने,’हामीले हाम्रो भविष्य त केही गर्न सकेनौं । भोलिको भविष्य पनि बर्बाद गरिरहेका छौं। ‘

उनले नेपाल विश्वकै सुन्दर देश भएपनि गरिबको सूचीमा परिणत हुँदा दु:ख लाग्ने गरेको बताए। ‘हामी भारत र चीनको बीचमा छौं। उनीहरूको प्रगति,समृद्धि र सम्मान राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा विश्वको तेस्रो/ चौथो बन्दैछ। हामी विश्वका सबैभन्दा सुन्दर देश सबैभन्दा गरिब एसियामा गरिब । यो कुनै पनि तरिका हो। यो हामीले खोजेको सिस्टम यही हो। यस्तै कुरामा समीक्षा गर्ने हो।’

 

Your Views
Related News