जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन्। शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्।

यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यस्तै शपथ ग्रहण समारोहमा रामचन्द्र मण्डलको उपस्थितिमा मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

 

Your Views
Related News