मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले गरेको आक्रमणमा मारिनेको सङ्ख्या ११५ पुगेको रुसका अनुसन्धान अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार थप शवहरू क्रोकुस सिटी हलभित्र भेटिएका थिए। बन्दुकधारीहरूको आक्रमणका क्रममा ठूलो आगलागी हुँदा हलको छानो खसेको थियो।

घटनामा १४० जना भन्दा धेरै घाइते भएका थिए।

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेका छन्।

अधिकारीहरूले पक्राउ परेका ११ जना शङ्कास्पद व्यक्तिहरूमध्ये चारजना घटनामा प्रत्यक्ष संलग्न भएको बताएका छन्।

एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चारजना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिण पश्चिमी क्षेत्र पुगिसकेका थिए।

किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रुसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन्।

 

Your Views
Related News