काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले वामपन्थी एकता हुन नसक्ने बताएका छन्। पार्टी कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा ओलीले अहिले पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने भन्दै वामपन्थी एकता हुन नसक्ने दाबी गरेका हुन्।

आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकताबद्ध गरेको स्मरण गर्दै केहि मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको उनको भनाई छ। माधव नेपाललाई लक्षित गर्दै ओलीले कम्युनिष्ट एकता अपच भएकै कारण केहि व्यक्तिले पार्टीलाई समेत फुटाएको धारणा राखे। उनले एमालेलाई मजबुद बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने स्पष्ट पारे।

ओलीले नेकपा एमालेको विरुद्धमा झुटो बोलेर र बेइमानी गरेर कांग्रेसले नै गालीको कुटिर उद्योग चलाएको आरोप लगाए। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई लक्षित गर्दै उनले भने कांग्रेसले गालीको कुटिर उद्योग चलाइरहेको बताए।

ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए।

 

Your Views
Related News