अछाम  : मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना परी मृत्यु भएका पाँचजनाको आज सामूहिक अन्त्येष्टि गरिएको छ । पोष्टमार्टमपछि मृतक पाँचजनाको बिरा घाटमा अन्त्येष्टि गरिएको हो ।

यहि चैत १२ गते मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो । उक्त घटामा दुईजना घाइते भएका छन् । घाइते  लालहादुर धामी र हंस धामीको बयालपाटा अस्पतालमा उपचार  भइरहेको छ  ।

मृत्यु हुनेमा सबै मेल्लेख गाउँपालिका- १ ऋषीदहका रहेका छन् । ५५ वर्षीया रंग धामी,४५ वर्षीया प्रेम धामी,३७ वर्षीया नरबहादुर धामी,१५ वर्षीया जनक धामी र २१ वर्षीया जनक धामीको मृत्यु भएको हो। मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको  थियो ।

प्रहरीका अनुसार ट्याक्टर एक्कासी अनियन्त्रित भइ २०० मिटर तल खसेको थियो ।

 

Your Views
Related News