नयाँ दिल्ली : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप चार दिनको म्याद थप भएको छ। राउज एभेन्यु अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले थप अनुसन्धानका लागि अप्रिल १ सम्मका लागि म्याद थप गरेका हुन्।

प्रवर्तन निर्देशनालय (इडी)ले अन्तःशुल्क नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री केजरीवाललाई बिहीबार साँझ पक्राउ गरेको थियो। इडीले मुख्यमन्त्री केजरीवालको श्रीमतीको मोबाइलको विवरणमाथि विश्लेषण गरिरहेको छ।

 

Your Views
Related News