नुवाकोट : आगामी वैशाख ७ गतेदेखि बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नुवाकोटको म्यागङ गाउँपालिकाले सामरीमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो। प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुने छ।

प्रतियोगिताका विजेता भलिबल टिमले उपाधिसँगै नगद तीन लाख तीन हजार ३ सय ३३ रुपैयाँ, द्वितीयले दुई लाख दुई हजार २ सय २२ रुपैयाँ र तृतीयले ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगितामा एक पालिका टिमको दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ। विभिन्न जिल्लाको ३० पालिका टिम सहभागी हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ।

 

Your Views
Related News