काठमाडौं : त्रिभुवन विश्वविद्यालय (टियु)ले स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा छाप्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले स्नातक तहका सबै संकायका प्रश्नपत्रहरूमा नेपाली र अंग्रेजी भाषा अनिवार्यरूपमा राख्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्यरूपमा नेपाली र अंग्रेजी भाषा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ।

 

Your Views
Related News