नुवाकोट : नुवाकोटको ६ स्थानमा जग्गाको नियन्त्रण विन्दु पहिचान गरिएको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि जग्गाको नियन्त्रण विन्दु पहिचान गरिएको हो।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति नुवाकोटले नुवाकोटको मुलावरी, झिल्टुङ, कुमरी, माञ्चेडाँडा, तारकेश्वरको गोर्स्याङर फिकुरी डाँडामा फेला जग्गाको नियन्त्रण विन्दु पहिचान भएको संयोजक अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए।

जग्गाको नियन्त्रण विन्दु पहिचानपश्चात जिन्स पारामिटरका लागि अध्ययन अनुसन्धान गरि जग्गा नापजाँचका लागि प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ। नुवाकोटमा जग्गा प्राप्तिका लागि नौ हजारभन्दा बढीले निवेदन दिएका छन्।

आवेदनमध्ये आठ हजार ६८५ जनाको अव्यवस्थित बसोबासीका सम्बन्धमा र सात सय १० जनाले भूमिहीन, दलित, सुकुम्वासीतर्फ आवेदन दर्ता गरेका आयोगका जिल्ला अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए। जिल्लाको १२ वटा स्थानीय तहमध्ये पञ्चकन्या गाउँपालिकाबाट निवेदन नआएको उनले बताए।

 

Your Views
Related News