काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउनसक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले कांग्रेस देशको ठूलो पार्टी भएको भन्दै अब बहुमत ल्याउनसक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताएका हुन्। समावेशी समानुपातीक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज भने भएको उनले बताए।

सभापति देउवाले अहिलेको संविधानले महिलालगायत सबै समुदायलाई समान अधिकार दिएकाले संसारका सबै संविधानमध्ये उत्कृष्ट संविधान रहेको जिकिर गरे। त्यस्तै उनले संविधानअनुसार पार्टीको विधान बनाएको र कांग्रेस पूर्णरूपमा समावेशी पार्टी रहेको धारणा राखे।

कार्यक्रममा नेपाली महिला आनेलनमा महिला सशक्तीकरण, राजनीतिक चेतना एवं सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्‍याउने महिलाहरूलाई सम्मान गरिएको थियो

 

Your Views
Related News