काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन  निर्देशक चन्द्रदेव मेहता,वायो मेडिकल इन्जिनियर कुशल दाहाल,लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा,खोप अधिकृत उदेश कुमार श्रेष्ठ, मेडिकल व्यवसायी विशाल पण्डित र मनोजकुमार आचार्यविरुद्ध २ करोड ९८ लाख ६६ हजार ५० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूले कोशी अस्पताल कोभिड- १९ केन्द्र विराटनगरमा  हाई डिपेन्डेन्सी युनिट जडान तथा सञ्चालन गर्न सामग्री खरिदका लागि स्वास्थ्य निर्देशनालय धनकुटाले आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरेको, अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने/गराउने कार्य गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

व्यवसायी पण्डितले मतियारको रुपमा  काम गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। आयोगले उनीविरुद्ध २ करोड ९८ लाख ६६ हजार रुपैयाँ बराबरको विगो माग गरेको छ।

 

Your Views
Related News