काठमाडौं : न्यायपालिकाको न्यायसम्पादमाथि प्रश्न उठेको छ। आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको बताए।

उनले न्यायाधीशको आचारणबारे छानबिन गर्न संसदीय समितिको माग समेत गरे। नेता सिंहले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उनको भनाइ छ। ‘कानुनमन्त्री यही उपस्थित भएको समयमा माग गर्न चाहन्छु। सरकारले पहुँचको आधारमा विभिन्न निर्णय गर्छ। यसैगरी न्यायपालिकाले गर्न थाल्यो भने त्यो न्यायपालिकामाथि प्रश्न उठ्नु आफैमा एउटा दु:खद कुरा हो। निर्णय प्रक्रिया कानुन सम्वत् संविधानअनुसार हुनुपर्छ। न्यायाधीशहरूको मोबाइल रेकर्ड मनिटर हुनुपर्छ। न्याय निरुपण र न्यायाधीशको आचारणबारे छानबिन गर्न संसदीय छानबिन समित गठन गरियोस्।’

एकै प्रकृतिको मुद्दामा फरकफरक खालको निर्णय आइरहेको भन्दै सांसद सिंहले सर्वोच्च अदालतले आफ्नै नजिर आफैले खण्डन गर्न खोजिरहेको आरोप लगाए।

 

Your Views
Related News