काठमाडौं ।नेपाल विद्यार्थी संघले विश्वविद्यालयका पदाधिकारी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्ति हुनु पर्ने माग उठाएको छ ।

त्रिभुवन विश्वविद्यालयका कुलपति केशरजंग बराललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले उपकुलपतिले प्रस्तुत गरेको ४ वर्षे भिजन पेपर र सार्वजनिक गर्न माग गरेको छ ।
जनशक्तिको अभावले नतिजा प्रकाशनमा ढिलाई भएको उल्लेख गर्दै संघले विज्ञापन गर्न कुलपतिको ध्यानाकर्षण गराएको छ । उद्यमशील संस्कृतिको विकास गर्न पठ्यक्रममा परिमार्जन गर्नुपर्ने संघको माग छ ।

त्रिविमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘पेड इन्टर्नसीप र जब प्लेसमेन्ट’को व्यवस्था गर्न प्रमुख व्यवसायीक संघ संस्थाहरूसँग साझेदारी गर्न सुझाव संघले दिएको छ । उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँच योग्य बनाई क्रमश निशुल्क बनाउँदै लानुपर्ने संघले जनाएको छ ।

विश्वविद्यालयहरु लाई अनुसन्धानको केन्द्रका रुपमा निर्माण गर्न अनुदानका निमित्त पर्याप्त बजेट र पाठ्क्रम निर्माणमा अनुसन्धालनाई प्राथमिकता दिनुपर्ने संघको माग छ ।

विद्यार्थी स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन हेल्थ कार्डको माग गरिएको छ । उच्च शिक्षामा खस्कदो गुणस्तरले विद्यार्थीहरु गुणस्तरीय शिक्षाको खोजिमा विदेशिन वाध्य भएको संघको निष्कर्ष छ ।

 

Your Views
Related News