काठमाडौं : सरकारले विभिन्न निकायका सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ।

उद्योगका सचिव मुकुन्द निरौलालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। त्यस्तै उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन्।

त्यस्तै मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएका छन् भने त्यहाँ कार्यरत नारायणप्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन्। त्यस्तै बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएका छन्।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन् भने त्यहाँ कार्यरत सचिव गोपाल प्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन्।

त्यस्तै जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइमा लगिएको छ भने त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ।

 

Your Views
Related News