काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खनाविरुद्धको सजाय निलम्बन गरिएको छ। इस्लामाबाद उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा सुनाइएको १४ वर्षको सजायलाई निलम्बन गरेको हो।

गत ३१ जनवरीमा इस्लामावादको ‘एकाउन्टिबिलिटी कोर्ट’ले उनीहरूलाई तोशाखाना मुद्दामा जेल सजाय सुनाएको थियो। इमरान र बुशरालाई १० वर्षसम्म सार्वजनिक पदमा बस्न प्रतिबन्ध लगाइएको थियो भने ७८ करोड ७० लाख जरिवाना गरिएको थियो।

पूर्वप्रधानमन्त्री खानमाथि सरकारी उपहारहरू अवैधरूपमा बिक्री गरेको आरोप लागेको थियो। जसलाई तोशाखाना मुद्दाको रूपमा पनि चिनिन्छ। पूर्वप्रधानमन्त्री खान गत वर्षको अगस्टदेखि विभिन्न मुद्दामा जेलमा छन्।

 

Your Views
Related News