सुर्खेत : कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्। बुधबार साँझ विज्ञप्ति जारी गर्दै उनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा ७ दिनभित्र सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्। सरकार गठनका लागि दाबी पेस गर्ने समय चैत २७ गते दिउँसो ५:५० बजेसम्म दिइएको छ।

 

Your Views
Related News