काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संसदीय छानविन समिति गठन गर्न ढिलाई हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन्।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि त्यसलाई बेवास्ता गर्नुले छानविनको औचित्य पुष्टि हुँदै गएको बताए।

सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न तयार नहुनुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको स्पष्ट भएको उनले बताए। उनले कुनै दोष नहुँदा संसदीय छानविन समिति गठन गर्न अफ्ठ्यारो मान्नुपर्ने अवस्था नै नरहेको बताए।

महतले सरकार नै अफ्ठ्यारो पर्ने डरले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि छानविन समिति गठन गर्न नचाहेको दाबी गरे। कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी अरु कुनै नरहेको उनको भनाइ छ।

 

Your Views
Related News