काठमाडौं : उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको बैठक आज पनि निष्कर्षविहीन बनेको छ। कांग्रेसका प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आकांक्षी धेरै भएकाले उम्मेदवार टुंगो लगाउन नसकेको बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिहीबार बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने बताए।

स्रोतका अनुसार पार्टी सभापति देउवाले डम्बर खड्कालाई उम्मेदवार बनाउन खोजेका छन् भने शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्। बैठक भोलि ९ बजेलाई बोलाइएको विश्वकर्माले बताए।

मंगलबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो। सबैलाई सम्झाएरमात्रै उम्मेदवार टुंगो लगाउने भएकाले ढिलाई भएको प्रवक्ता प्रकाशशरण महतले बताएका थिए।

निर्वाचन आयोगले वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन गर्दैछ। त्यसका लागि चैत २४ गते मनोनयन गर्ने कार्यतालिका छ।

 

Your Views
Related News