बुटवल : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बनाउँछु भनेर हिँडेका नेताहरूले आफ्ना छोराहरूलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन्। रुपन्देहीमा आयोजित कार्यक्रममा उनले देशका १२ जना नेताहरूकै कारण मुलुक आर्थिकरूपमा तहसनहस बनिरहेको उल्लेख गरे।

‘सत्तामा हुँदा जनताको काम गर्लान् भनेको सन्तानलाई सुन तस्करी गर्न सिकाउँछन्’,भण्डारीले भने,‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने?’ ३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्न समेत सेचत गराए। ‘जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ’,उनले भने, ‘नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ।’

अदूरदर्शी नेतृत्वका कारण अर्बौ रुपैयाँ ऋण लिएर बनाएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अलपत्र पर्नुले निजी क्षेत्रलाई निरुत्साहित बनाएको भण्डारीले सुनाए। ‘नचलाउने भए यतिका धेरै खर्च गरेर किन एयरपोर्ट बनाउनु ?’,भण्डारीले प्रश्नगर्दै भने, ‘एयरपोर्टका ठाउँमा सुनवलदेखि पोखरासम्म पाँच लेनको सडक बनाएको भए करोडौं भारतीय पर्यटकलाई भित्र्याउन सकिन्थ्यो। यो क्षेत्र आर्थिक रुपमा धेरै माथी जान्थ्यो। तर, कमिशनको लोभमा विकेका नेताहरुले जनतालाई घात गरे।’

 

Your Views
Related News