काठमाडौं : नेकपा एमालेले इलाम-२ मा उम्मेदवारी दर्ता गराएको छ। सत्ता साझेदार दल एमालेले सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो। सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ।

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ।

अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराएका छन्।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता आज साँझ ५ बजेसम्म उम्मेदवार दर्ता गर्न समय तोकिएको छ। आयोगले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने जनाएको छ।

 

Your Views
Related News