इलाम : नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन्। इलाम-२ को उपनिर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी गत निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए।

यसअघि नेकपा एमालेका सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता गराएका थिए। सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ।

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ। निर्वाचन कार्यालयका अनुसार हालसम्म जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगिमले उम्मेदवारी दर्ता गराएका छन्।

इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो।

 

Your Views
Related News