जनकपुरधाम : जनकपुरमा दिनदहाडै छुरा प्रहार गरी युवकको हत्या गरिएको छ। जनकपुरधाम उप-महानगरपालिका-४ विश्वकर्मा चौकस्थित सरञ्चिया कुटेर नजिक दिनदहाडै छुरा प्रहरी गरी युवकको हत्या गरिएको हो।

महोत्तरीको एकडारा गाउँपालिका-३ भटौलिया घर भई हाल जनकपुरधाम उप-महानगरपालिका ४ मा कोठा भाडा लिएर बस्ने २० वर्षीय प्रिन्स कुमार महासेठलाई छुरा प्रहार गरी हत्या गरिएको हो। महासेठको छातीको बायाँ भागमा पटक-पटक छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृतक महासेठ र पक्राउ परेका दुई जना लागूऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ। आपसी विवादका कारण महासेठमाथि उनकै साथीहरूले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। उनीहरू लागुऔषध सेवनकर्ता भएको र विवाद भएर उक्त घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता अवाले छुरा प्रहारबाट घाइते भएका महासेठको उपचारका क्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

 

Your Views
Related News