काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा पानीको फोहोरा हानिएको छ। सिंहदरबारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो। प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप समेत भएको थियो। प्रहरीले केही प्रदर्शनकारी पक्राउसमेत गरेको छ।

संवैधानिक राजतन्त्रका पुन:स्थापनासहित संघीयता र धर्मनिरपेक्षताका खारेजीको माग राख्दै राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गरेको हो। राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे माग गर्दै आन्दोलनको घोषणा गरेको थियो।

राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्व धर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छल कपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने,प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार-केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका छन्।

 

Your Views
Related News