काठमाडौं : प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि यसअघि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। माग पूरा नभएसम्म गृहमन्त्री लामिछानेलाई रोस्टममा जान नदिने कांग्रेसले अडान लिएको छ।

प्रतिनिधिसभा बैठकको कार्यतालिका अनुसार आज गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेश गर्दै थिए। तर, रोस्टममा जान नदिएपछि बैठक स्थगित भएको थियो। लगत्तै सभामुख देवराज घिमिरेले राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सम्वाद गरेका थिए। कुरा नमिलेपछि बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

 

Your Views
Related News