काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न  संसदीय समिति गठनको अडान राखेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा  कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम देखिएकाले उनीमाथि छानबिन गर्नुपर्ने धारणा राखेका हुन्।

उनले सरकारलाई फैसला सुनाउने नभएकाले संसदमा संसदीय छानबिन समिति गठन हुनुपर्ने धारणा राखे। ‘काठमाडौंबाट तत्कालीन सीआइबी प्रमुखको नेतृत्वमा दुई जना प्रहरीलाई सहकारी ठगीको छानबिन गर्न पोखरा पठाइयो। छानबिनले अहिलेका गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संगल्न भएको रिपोर्ट तयार हुँदै थियो। नयाँ समीकरण बनेपछि त्यो रिपोर्ट पनि परिवर्तन गर्न लागो भन्ने आभास भयो। छानबिनको प्रक्रिया रोकियो।’खतिवडाले भने,  ‘प्रधानमन्त्रीले संसदमा प्रधानमन्त्रीको रुपमा जवाफ दिनुहुन्छ भन्ने सोचेका थियौं तर आफ्नो गठबन्धन बिग्रन्छ भनेर गठबन्धन प्रमुखको रुपमा जवाफ दिनुभयो र हामीले संसदीय छानबिन समितिको माग गरेका हौं ।’

उनले सहकारीबाट टेलिभिजनमा लाखौं रकम लगेकाले छानबिन गर्नुपर्ने धारणा राखे। उनले संसदीय छानबिनको रिपोर्ट स्वीकार्न तयार रहेको बताए। खतिवडाले भने, ‘गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो गल्ति छैन छानबिन गरियोस्,गल्ति छ भने कारबाही होस्।’

 

Your Views
Related News