काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको समीकरणलगायतका विषयमा छलफल भएको उपप्रधान एवं गृहमन्त्री लामिछानले जानकारी दिए।

उनले प्रदेशको सत्ता समीकरणका आधारका केन्द्रमा कुनै असर नपर्ने बताए। उनले अहिले सत्ता साझेदारबीच पनि कुनै समस्या नरहेको बताए। दलका नेताहरूबीच छलफल हुनु सामान्य विषय भएको उनको भनाइ छ।

 

Your Views
Related News