जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले बिहीबार सपथ लिएका छन्।

माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी शारदा थापाले शपथ लिएका हुन्।

माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो। तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन्।

१५ महिनाको अन्तरालमा मुख्यमन्त्री यादवले ११औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

 

Your Views
Related News