काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्।

शनिबार काठमाडौंको माइतीघरमा प्रर्दशनसहित पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेकालाई कारबाही गर्न र यसअघि आफूसँग भएका माग पूरा गर्न माग गरे। उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको अल्टिमेटमसमेत दिए।

प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त गर्नुपर्ने माग उनको छ।

 

Your Views
Related News