काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आफ्ना पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको बए।

उनले रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्काउने ताकत कसैसँग नरहेको बताए। लामिछानेले देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए। चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्ने उनको भनाइ छ।

उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशनसमेत दिए।

 

Your Views
Related News