धनगढी  : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले ५ जना सांसद फर्केर नआउने भए हट्न निर्देशन दिएकी छन्।  पार्टी कामका सिलसिलामा धनगढी आएकी चौधरीले आइतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको विधान नमान्नेलाई हटाउने चेतावनी दिएकी छन्।

उनले आफ्ना ५ जना सांसदलाई सांसदबाट हट्ने चाहना हो भने आफूले त्यसको स्वागत गर्ने बताइन्। उनले भनिन्, ‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन्। पार्टीको विधान मान्नेछन तर उनीहरुको सांसद पदबाटै हटेर जाने ईच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु।’

नागरिक उन्मुक्तिभित्र विवाद भएपछि उसका ७ जनामध्ये ५ जना कमल बहादुर शाहको मन्त्रीमण्डलमा सहभागि भएका थिए।  पत्रकारहरुले ५ जनालाई कारबाही हुन्छ त ? भन्ने प्रश्न उनले थपिन्, ‘नागरिक उन्मुक्ति राजनीतिक दल हो। राजनीतक दल सम्बन्धी कानून छ। दलको विधान छ। दलविहीन भयो भने के हुन्छ भन्ने कुरा दफा/दफावार लेखेको छ। साथीहरुको त्यही चाहना हो भने मेरो भन्नु के छ र ?’

उनले मुख्यमन्त्री दीर्घ सोडारीको सपथ कार्यक्रमबाट बाहिरिएर गएकी प्रदेश सभा सदस्य टीका थापा भने सरकारमा आउने बताइन्। ‘हाम्रो पार्टीको निर्णय विभाग लिएर मन्त्रीमा सपथ लिने भन्ने थियो। तर टीका जीलाई विभाग नतोकि बिना विभागीय बनाउन खोजिएको रहेछ। अब विभाग तोकिन्छ, उहाँले सपथ खानुहुन्छ’ उनले भनिन्।

उनले अहिलेको सत्ता समीकरण बचाउनका लागि आफ्नो दलले पाएको सुदूरपश्चिमको मुख्यमन्त्री पद छोड्नुपरेको बताइन्। उनले भनिन्,‘मैले गठबन्धन जोगाउनकै लागि एक कदम पछाडि हटेर पाएको मुख्यमन्त्रीको पद छोडनुपर्‍यो।’

 

Your Views
Related News