काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन्।

नेकपाको ७६औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सहकारी ठग, ठूल्ठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए।

सत्तामा गएकाहरू साम्राज्यवादको एजेण्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको उनले बताए। उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे।

आधारभूतरूपमा कम्युनिष्टको सिद्धान्त र आचारणमा रहेकाहरूसँग एकताका लागि सधैं एकताको ढोका खुला रहेको अध्यक्ष केसीको भनाइ छ।

 

Your Views
Related News