इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले आफ्नै वडाबाट ६ दशमलव ८ मत प्राप्त गरेका छन् । कडा पहिचानवादी अभियन्ताबाट रास्वपामा प्रवेश गरेका उनको वडामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३१७ मत अथवा २२ दशमलव ५३ प्रतिशत मत पाएका छन् ।

उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो । यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । मिलनको वडामा १ हजार ४०७ मत खसेको थियो । त्यहाँ  एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पायो । रास्वपा इलाम २ मा चौथो स्थानमा छ ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा  सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा  पछिल्लो मतपरिणामअनुसार एमाले पहिलो,कांग्रेस दोस्रो र मुढा तेस्रो स्थानमा छन्। यहाँ एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

 

Your Views
Related News