इलाम : इलाम-२ उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। ४६ हजार ५६९ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले १९ हजार ११४ मत ल्याएका छन्। मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले १२ हजार ६७५ मत ल्याएका छन्।

सुहाङले डम्बरलाई ६ हजार ४३९ मतान्तरले पछि पारेका छन्। सुहाङले निरन्तर मतान्तर बढाउँदै लगेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ९ हजार ४१० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार २४२ मत ल्याएका छन्।

 

Your Views
Related News