काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्ने बताएका छन्। उनले गृहमन्त्रीमाथि मात्रै संसदीय छानबिन गर्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाए।

लाखौं मान्छेको अर्बौं रुपैयाँ रकम सहकारीमा जम्मा भएको छ। त्यो रकम अपचलन भयो। दुरुपयोग भयो। जसका कारण बचतकर्ताको रकम जोखिममा परेको छ। बचतकर्ताको रकम सुरक्षा गर्नका लागि दुरुपयोग गर्ने मानिसहरूलाई कारबाही गर्नुपर्‍यो भनेका हौं। तर, गृहमन्त्रीमाथि मात्रै छानबिन गर्न माग गर्‍यो भनेर गलत भाष्य निर्माण गर्न खोजिएको छ। त्यस्तो होइन,’ उनले भने।

उनले संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका विषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने बताए। लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका विषयलाई गम्भीरता नदेखाएको बताए। ‘देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन। देशको गृहमन्त्री व्यक्तिमात्रै होइन। उहाँको प्रत्यक्ष संलग्नता देखिएकाले छानबिन माग गरेका हौं। बरु एउटा समग्रतामा र उहाँमाथि प्रश्न उठेकाले अर्को त्यसमा छानबिन गरौं भनेका हौं,’ उनले भने।

 

Your Views
Related News