काठमाडौं : नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले संसदमा भइरहेको अवरोध संवादबाटै समाधान गर्नुपर्ने बताएका  छन्। बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद नेम्बाङले सबै राजनीतिक दल एकजुट भएर संसदको  अवरोध अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले भने,’हरेक समस्याको समाधान संवादबाट हुन्छ नै। संसदमा देखिएको अवरोध पनि संवादबाटै हटाउनुपर्छ।’  उनले इलामको समग्र समस्याहरूको समाधानका लागि आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा जोड दिने बताए।

एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले  बुबा (सुवास नेम्वाङ) ले देखाएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्ने जिकिर गरे।

उनले इलामेली जनताको अपार मायाबाट आफू निर्वाचित भएको बताउँदै इलामको हरेक समस्या समाधानमा विशेष ध्यान दिने बताए।

 

Your Views
Related News