काठमाडौँ । कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनकी २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।

उनी चितवनको कालिका नगरपालिका–६ स्थित जमुनापुरकी स्थानीय हुन् । काठमाडौँको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको एसएसपी रजौरेले जानकारी दिए ।

 

Your Views
Related News