काठमाडौं : खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचालमात्रै खेलाउनसक्ने अवस्था रहेको बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउनसक्ने अवस्था रहेको प्रष्ट पारे।

कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेटभन्दा ठूलो रहेको उनको भनाइ छ। मन्त्री श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको विकास हुन नसकेको बताए। उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने कामसमेत जारी रहेको बताए।

बैठकमा समिति सदस्यहरूले खेलकुद क्षेत्रमा खेलाडीहरूले पछिल्लो समय निकै राम्रो प्रदर्शन ग रेपनि त्यसअनुसारको पूर्वाधारमा सरकारले ध्यान नदिएको आरोप लगाए।

 

Your Views
Related News