काठमाडौं : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल अन्तरिम जमानतमा रिहा भएका छन्। भारतको सर्वोच्च अदालतले उनलाई जुन १ तारिखसम्मका लागि अन्तरिम जमानत दिएको हो। अदालतले मुख्यमन्त्री केजरिवाललाई २ तारिखमा आत्मसमर्पण गर्न भनेको छ।

यससँगै भारतमा जारी लोकसभा चुनावमा प्रचार गर्न मुख्यमन्त्री केजरिवाललाई बाटो खुलेको छ। जुन १ तारिखसम्म हुने चुनावी प्रचारमा सहभागी भएर केजरिवालले जुन २ तारिखमा आत्मसमर्पण गर्नुपर्ने भएको छ।

मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै केजरिवाललाई भारतको प्रवर्तन निर्देशनालय (इडी)ले गत मार्च २१ मा पक्राउ गरेको थियो। सर्वोच्च अदालतले यस विषयमा छिट्टै सुनुवाई सक्ने बताएको छ।

 

Your Views
Related News