विराटनगर : कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता  रुपेश कोइराला बर्खास्त  भएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले उनलाई बर्खास्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले कोइराला आज पदमुक्त भएको जानकारी दिए। मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप धारा ४ को खण्ड (ख) बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले उनलाई २०८० साल पुस २२ गते मुख्य न्यायाधिवक्ता बनाएका थिए।

 

Your Views
Related News