काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद खुलाउने बल सरकारको कोटमा रहेको बताएका छन्। उनले संसदलाई अगाडि बढाउने जिम्मा पनि सरकारकै रहेको बताए। सरकारको प्रस्तुतिअनुसार कांग्रेसले डील गर्दै जाने उनको भनाइ छ।

‘सरकारले प्रमुख प्रतिपक्षी दललाई न्याय गरेको हामीले पाइरहेका छैनौं। संसदलाई प्रभावकारी बनाउने जिम्मा सरकारको हो। संसद कसरी अगाडि बढाउने बल पनि सरकारको कोटमा छ। सरकारले बल कसरी बढाउँछ कांग्रेसले त्यहीअनुसारको डील गर्छ,’ सभामुखले बोलाएको बैठकपछि उनले भने।

उनले संसदले गर्ने काम नै जनताका जल्दा बल्दा कुरामा बहस गराउने रहेको प्रष्ट पारे। ‘सहकारीमा अर्बौं रकम अपचलन भएको छ। उनीहरूको बचतको सुरक्षा ग्यारेन्टी गर्ने, समस्याको निकास दिने थलो संसद पनि हो। हामीले संसदबाट यसले निकास पाउनुपर्छ भनेका हौं,’ उनले भने। जनताका जल्दा बल्दा विषयमा संसदमा बहस हुन जरुरी रहेको उनको भनाइ छ।

 

Your Views
Related News