चितवन : पश्चिम चितवनमा एक बोर्डिङ स्कुलको बसमा आगजनी भएको छ । विद्यार्थी लिन गएको क्रममा  कल्याणपुरमा रहेको स्मल हेभनको बसमा भरतपुर महानगरपालिका -२० दद्रेनीमा आजगनी भएको हो । प्रहरीका अनुसार बागमती प्रदेश–०६–००१क००४५ नम्बरको बसमा बिहान सवा आठ बजे अज्ञात समूहले आगजनी गरेको हो ।

महानगरपालिकाको दमकलले आगो निभाए पनि बस पूर्ण रुपले क्षतिग्रस्त छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तीनवटा मोटरसाइकलमा आएका ६ जनाको टोलीले चालक र सहचालकलाई निकालेर बसमा आगजनी गरी भागेको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Your Views
Related News