काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक भोलि अपरान्ह ६ बजे बस्ने भएको छ।   बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची  छ।

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ। यसैगरी सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदनको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संभावित कार्यसूची छ। यसैगरी सभामुखले नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई  मंगलबार गरेको सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने संभावित कार्यसूची छ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्ने संभावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

 

Your Views
Related News