![](https://jalpakhabar.com/wp-content/uploads/2020/11/rasayanik-mal-chemical-fert.jpg)
काठमाडौं । भारतबाट रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ ।
३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको उसले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको कम्पनीले जनाएको हो ।
सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले बताउनुभयो ।गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्तिक २४ गतेभित्र ल्याउनुपर्ने भए पनि नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरिएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिनुभयो।
- राष्ट्र बैंकद्वारा ५० अर्बको पुनर्कर्जा स्वीकृत
- नेकपा : नेता सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा भएको नाराबाजीको कारण के
असार र साउन महिनामा धानमा हाल्ने मल ल्याउन नसकेर सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ । कात्तिक २४ गतेसम्म मल ल्याउनेगरी गत असार १८ गते सैलुङसँग कृषि सामग्री कम्पनीले सम्झौता गरेको हो ।
सैलुङले प्रतिमेट्रिक टन ३११.५० डलरमा मल ल्याउने गरी ठेक्का हात पारेको थियो ।