काठमाडौँ : ‘त्यति ठूलो प्लेन र भव्य होटल हामीले कहिल्यै देखेका थिएनौं,’ सन् १९९६ मा मलेसिया एसीसी ट्रफी क्रिकेट खेल्न गएको स्मरण गर्दा खेलाडीहरू सम्झिन्छन । त्यति ठूलो नलागोस् पनि कसरी ? त्यो नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी बनेको थियो । त्यसमा अधिकांश नेपाली खेलाडीको पहिलो विदेश यात्रा पनि हो ।

सेप्टेम्बर ६ अर्थात आइतबार नेपाली क्रिकेटको यो यात्राले २५ वर्षमा उक्लदै छ । यो यात्राका क्रममा नेपाल प्रथम श्रेणी हुँदै ट्वान्टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यताप्राप्त राष्ट्र बनिसकेको हो। त्यसमा सन् १९९६ को नेपालको मलेसिया यात्रा सधैं विशेष रूपमा सम्झिने गरिन्छ। । नेपाली क्रिकेटले इतिहास रचेको दिन थियो यो । त्यसैले यसको चर्चा जति गरे पनि कम हुन्छ ।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलो पटक आफ्नो क्षेत्रमा एसोसिएट राष्ट्रका लागि यस्तो प्रतियोगिता गरेको हो । त्यसैमा नेपाल सहभागी भएको हो , यसअघि नेपालले आमन्त्रण प्रतियोगिता नखेलेको होइन, तर यो आधिकारिक रूपमै पहिलो हो । नेपाल समूह ‘ए’ मा बंगलादेश, फिजी, हङकङ, ब्रुनाई र जापानसँगै थिए, समूह ‘बी’ मा यूएई, पपुवा न्युगिनी, मलेसिया, सिंगापुर, माल्दिभ्स र थाइल्यान्ड थे ।

नेपाल आफ्नो समूहमा चौथो हुनुपर्यो। पहिलो तीन स्थानमा रहेको बंगलादेश, फिजी र हङकङसँग पराजित नेपालले आफूभन्दा अंक तालिकामा तल रहेका ब्रुनाई र जापानमाथि विजय हात पार्न सकेको थिए  । सेमिफाइनल पुग्न नसकेको नेपाल समूह चरणबाटै बाहिरिए हो तर, नेपालका लागि सहभागिता नै विजय जस्तै हो । किनभने यस प्रतियोगिताले अन्तर्राष्ट्रियजगतमा नेपाली क्रिकेटको ढोका खोलेको थियो ,जसले नेपाली क्रिकेटलाई उजागर पारेको हो ।

कप्तान उत्तमसहित पवन, किरण र एलबी क्यान कार्यसमितिमा रहे । अघिल्लो वर्षसम्म नेपालका पहिलो कप्तान उत्तम क्यानका सचिव थिए ,एलबीले १९९८ को एसीसी ट्रफीमा नेपालको नेतृत्व पनि गरे ।

त्यसै सेरोफेरोमा एलबीले ‘कप्तान ९८’ आत्मकथा निकाले, जसमा १९९६ को नेपालको मलेसिया भ्रमणबारे धेरै पक्ष खुलाइयो ।यस पुस्तकमा वीरगन्ज क्याम्पका अनेक किस्साहरू समेटिएको छ । मलेसिया गएको टोलीका चार खेलाडी पछि नेपालका कप्तान हुन । उत्तम, एलबी हुँदै हाल बैंकर रहेका पवन अग्रवालले २००० को एसीसी ट्रफी, गणेश शाहीले २००१ मा क्यानडामा आईसीसी ट्रफी र मलेसियामा नेपाली टोलीका सबैभन्दा कान्छा सदस्य राजु खड्काले २००२ देखि २००४ सम्म नेपाली टोलीको कप्तानी गरे ।

पहिलो एसीसी ट्रफी खेलेको नेपाली टोलीबाट सञ्जय गुरुङ अन्तर्राष्ट्रिय अम्पायर बने , उनी अहिलेसम्म पनि पूर्व राष्ट्रिय खेलाडीको पृष्ठभूमिमा अम्पायर हुने एक्लोमा पर्छन । टमाटा २०१६ देखि २०१९ सम्म नेपालको मुख्य प्रशिक्षक रहे ।

उनी अहिले राष्ट्रिय खेलकुद परिषद्मा मुख्य प्रशिक्षकका रूपमा रहेका हुन् । राजु र वसन्त प्रशिक्षणमै छन् । राजु र मुसरफ खेलाडी छनोट समितिमा रहे । पीएचडी गरेका मनीषराज हाल क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष छन् ।

नेपालको खेल हेर्न क्यानका तत्कालीन अध्यक्ष जयकुमार नाथ शाह र विनयराज पाण्डे मलेसिया पुगेका थिए । एउटा संयोग के छ भने नेपालसँग खेलेका बंगलादेशका ब्याट्सम्यान अमिनुल इस्लाम अहिले आईसीसीको एसिया इस्टर्न रिजनको डेभलपमेन्ट अफिसर हुन् । उनले नै नेपाल क्षेत्रको रिपोर्ट आईसीसीमा दिन्छन् ।

सन् १९९६ मलेसिया गएको नेपाली टोलीका तीन सदस्य अहिले छैनन् । गणेश शाहीको ८ वर्षअघि नै निधन भइसकेको थियो । नेपालका यी विकेटकिपरको मलेसियामा म्याच रेफ्री रहेको भारतका पूर्व खेलाडी क्रिस श्रीकान्तले निकै तारिफ गरेका थिए । त्यसअघि नेपाली टोलीका सहायक व्यवस्थापक शशिदत्त पाण्डेको पनि निधन भइसकेको थियो । उनी लामो समय क्यानमा कोषाध्यक्ष थिए र अन्तिम समयमा सचिव रहे । नेपाली टोलीको व्यवस्थापक थिए टीबी शाह । उनी लामो समय क्यानमा उपाध्यक्ष र अन्तिम समयमा कार्यबाहक अध्यक्ष थिए । उनले पनि यो संसार छाडेको ५ वर्ष भइसक्यो । शाही, पाण्डे र शाहले सायद माथिबाटै नेपालको यो २५ वर्षे यात्रा स्मरण गर्नेछन्

 

Your Views
Related News