गोरखा : गोरखा अस्पतालमा शनिबार उपचारक्रममा मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । गोरखा नगरपालिका–७ की ती महिलालाई शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएको हो ।

मस्तिष्कघात भएको रहेछ, दुई बजेतिर अस्पताल भर्ना हुनुभएको थियो, चार बजेतिर उहाँको उपचारकै क्रममा मृत्यु भयो,’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

ति महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।

आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी ढकालले बताउनुभयो। ‘उहाँ दीर्घरोगी पनि हुनुहुँदो रहेछ, केही दिनअघि चितवनको भरतपुरमा उपचार गरेर फर्कनुभएको रहेछ,’ उनले भने, ‘यहाँ भर्ना हुँदा पनि सिरियस थिए ।’

ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी गरेको छ ।

 

Your Views
Related News