काठमाडौँ : जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान  ४ बजेदेखि राति १० बजेसम्म चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

हिजो भएको घटनालाइ ध्यान मा राख्दै केही सहज गर्ने उदेश्यका साथ कर्फ्यु गरेको हो।

हिजोको केही तस्वीर :

 

 

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पुर्‍याउने गतिविधि गरेको छ।

त्यसैले नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको हो ।

बिहीबार पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप सुरु भएको थियो ।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका छन् ।

स्थिति हेरेर शुक्रबारदेखि जारी गर्न लागिएको कर्फ्युलाई समेत बढाउन सकिने प्रजिअ भट्टले बताउनुभयो।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनस्वास्थ्य लगायतमा असर पुग्न सक्ने गतिविधि भएमा/देखिएमा प्रजिअले निषेधाज्ञा, कर्फ्यु वा दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यु आदेश

 

Your Views
Related News