पेरिस : केयलिन एमबापेले उत्कृष्ट गोल गरेपछि विश्व च्याम्पियन फ्रान्सले नेसन्स लिगमा स्विडेनमाथि शनिबार १–० को जित निकालेको हो ।

पीएसजीका २१ वर्षीय एमबापेले खेलको ४१ औं मिनेटमा स्विडेनका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन् ।

शनिबारका खेलमा इंग्ल्यान्ड र पोर्चुगल पनि विजयी हुन सफल भए । इन्जुरी समयको पहिलो मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीबाट गोल गरेपछि इंग्ल्यान्डले आइसल्यान्डलाई १–० ले पराजित गर्यो। खेलको अन्त्यमा दुवै टिम १०–१० खेलाडीमा सीमित रहे । क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रेको पोर्चुगलले भने क्रोएसियालाई सजिलै ४–१ ले पराजित गर्यो।

 

Your Views
Related News