साउथह्याम्पटन : इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको ट्वान्टी-२० सिरिज आइतबार अन्तिम खेल अगाडि नै जितेको हो ।

इंग्ल्यान्ड दोस्रो खेलमा ६ विकेटले विजयी रह्यो र तीन खेलको सिरिजमा निर्णायक रूपमा २-० ले अगाडि छ ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाउन सफलभयो।

त्यसमा कप्तान एरोन फिन्चले सर्वाधिक ४४ रन बनाएका हुन् ।

जवाफमा इंग्ल्यान्डले १८.५ ओभर मात्र बाँकी छँदै १ सय ५८ रन बनायो । जस बटलरले छक्का प्रहार गर्दै टिमलाई जितसम्म पुर्‍याए र उनी ५४ बलमा ७७ रन बनाएर नटआउट बसे।

 

Your Views
Related News