वीरेन्द्रनगर — एमाले कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा पाँज जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

अध्यक्षमा उम्मेदवारी दिनेमा राजबहादुर शाही, मीनबहादुर शाही, गुलावजंग शाह, प्रेमबहादुर सिंह र प्रकाश रोकाया छन् । उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ ।

उपसचिव खुल्लामा नारायणकुमार शाह, रवीन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ ।

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ ।

नयाँ नेतृत्वमा सर्वसम्मतिबाट सम्भव नभएपछि निर्वाचन हुन लागेको हो । गुलावजंग र मिनबहादुरले प्यानल नै बनाएर चुनावमा होमिएका छन् । एमाले कर्णाली अधिवेशनले पाँच जना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।निर्वाचन कार्यतालिका अनुसार राति ११:३० देखि शुक्रबार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ । शुक्रबार १२:३० देखि ६ बजेसम्म मतदान हुने छ ।

 

 

Your Views
Related News